काठमाडौं। शनिबार बेलुकी बलिउड अभिनेत्री मौनी रोय अचानक चर्चामा आइन् । शेयर कारोबार गर्ने भारतकै सबैभन्दा ठूलो संस्था नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट मौनीका बोल्ड फोटोहरु शेयर गर्दै लेखेको थियो ‘शनिबारको तापक्रम निकै बढेको छ । मौनी रोय निकै लोभलाग्दी देखिएकी छिन् ।’ केही समय पछि भने यो पोस्ट डिलिट गरियो ।
पोस्ट डिलिट गरेपछि एनएसइले यो गल्तीवश भएको भन्दै माफी मागेको छ । एनएसइले यो मानवीय भूल भएको र यो भूल एनएसइको सामाजिक संजाल संचालन गर्ने एजेन्सीबाट भएको बताएको छ । एनएसइले कुनै ह्याकिङ नभएको प्रस्ट पार्दै आफ्ना फलोअरसँग माफी मागेको छ । तर, एनएसइले माफी मागे पनि सामाजिक संजालमा भने ट्रोलरहरुले निकै ट्रोल बनाएका छन् ।