काठमाडौं। सन् २०२० सिनेमा जगतका लागि एउटा विर्सन लायक वर्ष रह्यो। आफ्नो कला, कृति तथा अभिनयका माध्यमबाट कलाकारहरुले धमाका मच्चाउन पायनन्। हिट, फ्लप जस्ता कुराले तातिरहने सिनेमा जगत यो वर्ष निकै सेलायो। कारण थियो विश्वव्यापी महामारीको रुपामा फैलिएको कोरोना भाइरस। विश्वकै सबैभन्दा ठुलो मध्यको बलिउड उद्योग पनि यो बाट अछुतो हुने कुरै भएन। खासगरि साउथ सिनेमाहरुको नेपाली दर्शकमाझ पनि केज्र बढ्दो छ।

नेपाली दर्शकले अव सन् २०२१ मा सहजै, राम्रा सिनेमा देख्न पाइयोस् र स्थिति सामान्य बनोस भन्ने अपेक्षा गरेको हुनुपर्छ।

हेर्नुहोस सन् २०२१ मा रिलिज हुने मुख्य साउथ सिनेमाहरुः

मास्टरः

तामिल फिल्ममा यो समय विजय अभिनित चलचित्र मास्टर बहुप्रतिक्षित बनेको छ। यो सिनेमाले करिव विगत एक वर्षदेखि सिनेमा हल नगएका दर्शकलाई पुनः सिनेमा हलमा आर्कषण गर्ने अपेक्षा गरिएको छ। यस चलचित्रमा विजयको साथै सेतुपति र मालविका मोहनन पनि मूख्य भूमिकामा पर्दामा देखिदैँ छन्।

यो सिनेमा ९ अप्रिल २०२० मा रिलिज मिति तय गरिएको थियो। तर, कोरोनाको प्रभावले रिलिज हुन नसकेको यो सिनेमा अवको २ हप्ता पछि १३ जनवरी २०२० मा रिलिज हुँदैछ।

वलीमाई

तामिल फिल्मका सुपर स्टार ‘अजित’ अभिनित चलचित्र ‘वलिमाई’ दर्शकहरुले धेरै लामो समय देखि पर्खि रहेको सिनेमा मध्ये एक हो। अजित यो चलचित्रलाई पुरा गर्नमा लागि परेका छन्। यो फिल्म अव अर्को महिना सुटिङ सकिने बताइएको छ।

चलचित्र निर्माता बोनी कपुरले कोभिडको प्रभावका कारण चलचित्र रिलिजमा धेरै ढिलो भइसकेको बताइसकेका छन्। सन् २०२१ को गर्मियाम सुरुवातसँगै यो सिनेमा रिलीज हुने अनुमानज गरिएको छ।

दक्षिणका सुपर स्टार अजित अभिनित यो सिनेमा उनको जन्म ५० औं जन्म दिनको अवसरमा आगामी २९ अप्रिलमा रिलिज हुन सक्ने अनुमान गरिएको छ।

अन्नाथे

तमिल फिल्मका सुपर सुपरस्टार रजनीकांत आफ्नो सिनेमा ’अन्नाथे’ लाई सन् २०२१ मा रिलीज गर्नेछन। तर, हाल यो सिनेमाको सुटिङ पुरा भइसकेको छैन्।

केहि समय पहिले सुटिङका क्रममा रजनीकातंको स्वास्थ्यमा समस्या देखिए पछि यो सिनेमाको सुटिङ बन्द गरिएको थियो। अव यो सिनेमाको बाँकी भाग २ महिनापछि सुटिङ हुने बताइएको छ।

त्यसको एक महिनाभित्रनै यो सिनेमाको स सुटिङ सम्पन्न हुने छ। यो सिनेमा सन् २०२१ को अन्त्य तिर रिलिज गर्ने तयारी गरिएको छ।

आरआरआर

हिन्दी सिनेमा मध्येको ब्रह्मास्त्र र तेलगु सिनेमा एसएस राजामौलीको आरआरआर सबैभन्दा धेरै प्रतिक्षित सिनेमा मध्येको एक हो। राजामौलीले आफ्ना मुख्य कलाकार एनटीआर जुनियर र राम चरणका साथ यो सिनेमाको अधिकांश भाग सुटिङ सकिसकेको छ।

यो सिनेमा जुन महिनामा रिलिज गर्ने तयारी छ। राम चरण र एनटीआर जुनियरका साथ यो अजय देवगन र आलिया भट्टको पनि मुख्य भूमिका रहेको छ।

वकील साब

महानायक अमिताभ बच्चनको सुपरहिट चलचित्र ’पिंक’ को तेलुगु फिल्मका स्टार अभिनेता पवन कल्याण ’वकील साब’का रुपमा गर्दैछन्। यो फिल्मका निर्देशनको जिम्मेवारी वेणु श्रीरामले लिएका छन् भने निर्माता दिल राजू र बोनी कपूर छन्।

विगत २ वर्षदेखि अभिनेता पवन कल्याण सिनेमा भन्दा राजनीतिमा व्यस्त भएका थिए । तर, उनका दर्शकलाई वर्ष २०२१ ले खुसी थपेको

दृश्यम २

सन् २०१५ मा रिलिज भएका अजय देवगन, श्रिया सरन, तब्बू र इशिता दत्ताका सुपरहिट सिनेमा ’दृश्यम’ सबैले याद गर्नु भएको छ होला। उक्त समया बक्स अफिसमा ५० करोड भारु कमाउने पहिलो सिनेमा बनेको थियो।

सन् २०२० मा मात्रै सुटिङ थालियको यो सिनेमा कोरोना कालमा नै सुटिङ सम्पन्न भई रिलिजको लागि तयारी अवस्थामा छ। हालसालै यसको टे«लर यूट्युवमा सार्वजनिक भइसकेको छ।

केजीएफ–चैप्टर २

कन्नड़ सिनेमाका सुपरस्टार यशको २ वर्ष पहिले रिलिज सिनेमा केजिएफ सुपरहिट भयो। दर्शकहरुले ’केजीएफ चैप्टर २’ को धेरै प्रतिक्षा गरिरहेका छन्।

यो फिल्मको सुटिङ लगभग पुरा भइसकेको छ। अव बाँकी रहेको पोस्ट प्रोडक्सनको काम सकिने वित्तिकै रिलिजको मिति तया गरिने बताईएको छ। सभ्भव त यो सिनेमा सन् २०२१ को अन्त्यमा रिलिज हुनेछ।

तपाईको प्रतिक्रिया