काठमाडौं पौष १८ । गायिका, संगीतकार तथा गीतकार मीरादेवी राईको शब्द, संगीतमा अर्को एक रोमान्चक गीत भर्खरै मात्र नेपालि संगीतको बजारमा आएको छ । हाल रोजगारीको सिलसिलामा इजराएल रहेकी उनले यस अगी पनि थुप्रै आफ्ना सिर्जना तथा स्वरले भरिएका गीतहरु सार्बजनिक गरिसकेकी छिन् । यस पटकको गीत “झुमौं झुमौं” बोलको रहेको छ । प्रस्तुत गीतमा राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ ।
बाल्य जिबन देखि नै कला क्षेत्रप्रति उत्तिकै रुची राख्ने मिरादेबी राईको तिमीलाई पाए, पानीमा टेकेछु, डिस्को पार्टी, राई इज किङ्ग लागएतका करिब दुई दर्जन गीत अहिले पनि डिजिटल माध्यमबाट प्रसस्त्र मात्रामा बिक्रीवितरण भैरहेका छन् । भर्खरै बजारमा आएको राजन इसानको संगीत संयोजन रहेको “झुमौं झुमौं” बोलको गीतको म्युजिक भिडियोमा हिरादेबी राई र बिशाल मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन देवराज रोकायले गरेका हुन् भने इसक जबेगु छायांकन तथा सम्पादन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।