काठमाण्डौ मंगसिर २३ । खानाको परिकारमा मानिसलाई फरक-फरक स्वादको आवस्यकता परे जस्तै नेपाली गीत संगीत सुन्नमा पनि फरक स्वादको आवस्यकता पर्ने गर्दछ । सोहि कारणले पनि कलाकारहरुले अथाह मेहनतका साथ् विभिन्न गीत संगीतहरु बजारमा ल्याईरहेका हुन्छन । यस भित्र कुनै गीत गुन्द्रुकको स्वादमा अर्को गुन्द्रुक बनिरहेका हुन्छन । त्यसैले पनि कुनै गीत संगीत सिर्जना गर्नु पूर्व राम्रो संग बुझेर मात्र काम गर्नु पर्ने आजका कलाकारहरुमा बाध्यता बनेको छ ।

यस्तै परिस्थितिलाई बुझेर भर्खरै मात्र उषा के.सी पोख्रेल को “पैसा पैसा” बोलको बिल्कुलै फरक एक आधुनिक गीत सार्बजनिक भएको छ । गीतमा राज सिग्देलको सुमधुर स्वर सुन्न सकिन्छ भने प्रस्तुत गीतलाई शब्द उषा के.सी पोख्रेल र संगीत मंगल बि.क को रहेको छ । मान्छे आफ्नो स्वाभिमान भन्दा पैसालाई नै प्रमुख स्थानमा राखिरहेको हुन्छ तर त्यहि पैसाले आफ्ना सारा खुसि लुटिएको भाव यस गीतमा सुन्न सकिन्छ ।

“पैसा पैसा” बोलको गीतको म्युजिक भिडियोमा गौरब पहरी समरा जोशी र जोर्डन राजभण्डारीको अत्यन्त घत लाग्दो अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई निर्देशन निकेश खड्काले गरेका हुन् भने छायांकन बुद्ध थापा र सम्पादन बिकाश धमलाले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई बिमल डाँगी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया