गायक राजा खतिवडाले ‘थोत्रे साइकल’ नामक गीत सार्वजनिक गरेका छन् । यो गीतमा राज र गायिका योजना पुरीको स्वर छ । पुस्कर खतिवडाको शब्द तथा संगीत यो गीतमा छ । युवा–युवतीको प्रेम र आकर्षणलाई यो गीतले प्रस्तुत गरेको छ ।

भिडियोमा राजा खतिवडा र श्रृजु ढुंगानाले अभिनय गरेका छन् । यस्तै, राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको पनि भिडियोमा अभिनय छ । इलामको चिया बगानमा यो भिडियो खिचिएको हो । भिडियोमा ओम प्रसाँइको छायांकन, नविन निरौलाको सम्पादन तथा जीवन शाहीको निर्देशन छ ।

तपाईको प्रतिक्रिया