अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि यो बिषय मा सोच्छु ।
अहिले उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो। विवाहको कार्डको अनुसार स्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । नायिका खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । उनले नायक श्री कृष्ण सँग मिलेर चलचित्र निर्माण गरेकी थिइन । श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन् । भिडियो हेर्नुहोस