काठमाडौं – संसारको अग्लो स्थानमा छायाँकन गरिएको गीत ‘हाम्रो साझा हिमाल’लाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीका लागी नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई ।
लामो समयदेखि नेपाली चलचित्र कलाकारीता क्षेत्रमा सक्रियको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अहिलेसम्म कसैले पनि उक्त शिर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गीनिज बुक अफ वल्ड रेकर्डले बताएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् किर्तिमानी टिमका सदस्यहरुले ।
नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तिको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ ।
गिनिज वल्र्ड रेकर्डवाट प्राप्त प्रमाण पत्र केही दिनपछि विशेष कार्यक्रमगरी कीर्तिमानधारी व्यक्तित्वहरुलाई प्रदान गरिने कुरा आयोजक पिम नेपालले जनाएको छ ।