काठमाण्डौ असोज २३ – नायक रोबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भएको छ। नायक तथा कलाकार रोबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भए संगै चर्चाको बिषय बनेको छ । हुन त कलाकार रोबिन पोखरेल नेपाली चलचित्र क्षेत्र तथा नेपाली रंगिन संसारमा पहिले देखिनै लागि लागिरहेका छन् । अहिले आएर नेपाली दर्शकहरुले चिन्ने मौका पाएका छन । उनि द्वारा अभिनित चलचित्र पनि आउने कुरा पक्का पक्कि भएको समेत हामीले जानकारी पाएका छौ ।

भखरै मात्र सार्बजनिक भएको ‘बद्लिएला’को भिडियो निकै राम्रो बनेको छ । कुनै ठुलो पर्दाको भिडियो हेरेको समेत हामीले अड्कल गर्न सक्दछौं । उक्त गीतमा प्रताप दास , सुष्मा बिश्वोकर्माको आवाज सुन्न सकिन्छ भने शब्द सत्यराज चौलागाई संगीत सरोज पोखरेलको रहेको छ  । उक्त गीतको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन, छायाकन रुपेश थापा , भिडियो सम्पदा सदिश जोशीको गरेका छन् ।

समग्रमा भिडियो हेर्दा कुनै चलचित्रको लागि बनेको भिडियो जस्तो देखिन्छ । उक्त गीतमा अभिनय गर्ने कलाकारहरु को अभिनयमा पनि कुनै खोट लगाउने ठाउँ देखिएको छैन । यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकार युनिटले दर्शक तथा श्वोर्ताहरुको माया पाउने बिस्वाश ब्यक्त गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया