मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला । परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला । तर, पनि सामाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन । नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
झै झगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाई आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला । कसैसंग हल्का मनमुटाव पनि होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ । साथै, रुपैँया पैसाको पनि कारोबार राम्रै होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाँउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छिपनले सताउला । शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसंगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिश्रम गर्न सके जति खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला ।