नेपाल आइडलको फिनाले संचालन हुदा हुँदै एक सदस्यलाई कोरोना पोजिटिभ देखिएको सुचना आएपछि जज, टप टेन कन्टेस्टेन र सम्पुर्ण सदस्यहरु आइसोलेसनमा छन् । टप टेनको प्रस्तुती पछिको कार्यक्रम नै रद्ध गरेर आइडलको सम्पुर्ण सदस्यहरु आइसोलेसनमा बसेका हुन् । त्यसैले आइडलको फिनालेमा विजेताको घोषणा अन्नपूर्ण नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका थिए ।

यता, आइडलका पार्टिसिपेटसंग अन्तर्वार्ता लिन पुगेका मनोरञ्जन विटका पत्रकारहरु पनि आइसोलेसनमा बस्नु परेको जानकारी छ । उनिहरु पनि संक्रमीत सदस्यको सम्पर्कमा आएको हुनाले आइसोलेसनमा बस्नु परेको हो । त्यसो त नेपाल आइडलमा नजाने पत्रकारहरु पनि जानेहरुको सम्पर्कमा आएकोले त्रसित नै छन् ।

कोरोना महामारी बढिरहदा कुनै पनि क्षेत्र अछुतो रहेको छैन । सञ्चारकर्मिहरु त झन् जुनसुकै समयमा पनि सकृय हुनुपर्छ । त्यसैले पनि धेरै पत्रकारहरु संक्रमीत भैरहेका छन् । नेपालभरी हाल सम्म ७१ जना पत्रकारलाई कोरोना पुष्टि भैसकेको छ । धेरै सञ्चार गृहहरुले वर्क फ्रम होम भनेर कर्मचारीहरुलाई घरमै बसाएर काम गराइरहेको छ ।

तपाईको प्रतिक्रिया