काठमाडौं । साहित्यकार बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ सार्वजनिक भएको छ ।
साहित्यकार थिङको ‘याम्बुनेर’लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । संग्रहमा १३ कथाहरु समेटिएको थिङले जानकारी दिइन् ।
सीमान्तकृत समुदायको दुःख, पीडा र जीवन संघर्षका कथाहरुलाई संग्रहमा बढावा दिइएको उनको भनाइ छ ।
थिङले यसअघि पनि छुकी (कथासंग्रह), रातो घर (कविता संग्रह)लगायतका पुस्तकहरु पाठकसामु ल्याइसकेकी छन् ।