काठमान्डौ भाद्र ०२ – नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिका लागि बिगत निकै लामो समय यता क्रियासिल दीपक ढकालले फेरी अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस पटक भने दिपकले “मुटु चुडायो” बोलको गीत बजारमा लिएर आएका हुन् । आफुले जिबन भर कसैलाई माया गरिन्छ र त्यो मान्छे अनयासै अर्कैको अंगालोमा पुग्छ भने कस्ले पो सहन सक्छ होला र ! हो यस्तै वियोगान्त प्रेमभावमा सजिएको यस गीतमा दिपक ढकाल र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।

ज्योति फिल्म्स प्रालिले बजार व्यवस्थापन गरेको “मुटु चुडायो” बोलको गीतलाई लय रामहरी भण्डारी र चेतन लामाले तयार पारेका हुन् भने शब्द माधब भण्डारीको रहेको छ । गीतलाई संगीत संयोजन पनि गीतकार स्वयम् माधब भण्डारीले नै गरेका हुन् । निकै घत लाग्दो ढंगबाट सजिएको यस गीतको म्युजिक भिडियोमा सारिका के.सी र सुदर्शन खतिवडा देखिएका छन् । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्नको लागि तल क्लिक गर्नु होला ।


 

तपाईको प्रतिक्रिया