नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्यु गरेका थिए। रैनाले १८ टेस्टमा ७६८ र २२६ वान डेमा ५६१५ रन बनाएका छन्। उनको नाममा ७८ टी-२० मा१६०५ रन रहेको छ। रैनाले टेस्टमा र वान डेमा ५ शतक लगाए। टी-२० मेा उनको नाममा एक शतक छ। उनले यसअघि चयनकर्ताहरुले आफूलाई बिनाकारण टिमबाट बाहिर राखिदिएको आरोप लगाएका थिए। उनले एक युट्यूब च्यानलमा भनेका थिए, ‘मलाई लाग्छ चयनकर्ताहरु सिनियरप्रति जिम्मेवार हुनुपर्छ। मसँग कुनै कमी भए मलाई बताउनुपर्थ्यो। जसले म सुध्रिन सकुँ। जबसम्म कारण पत्ता चल्दैन तबसम्म कोही कसरी सुध्रिन सक्छ?
सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
![](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/08/Suresh-raina_iu6dVC2plL.jpg)