काठमाडौं । सन् १९९४ मा ‘सोल्टिनी’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका राजु लामाले समय अनुसार संगीतमा परिवर्तन आउने बताएका छन् ।
मंगोलियन हर्ट ब्याण्डमार्फत सांगीतिक प्रस्तुतीमा उचाइ लिएका उनी अरुले घोड चढ्यो भन्दैमा आफू धुरी नचढ्ने पनि बताउँछन् ।
ईमेज च्यानलको ई–सेलेप्स कार्यक्रममा अन्तरवार्ता दिंदै उनले कोभिड–१९ र लकडाउनले तनावमा रहेका शुभेच्छुकहरु गलत बाटोमा नरोज्न सुझाए ।
उनले भनेका छन्–‘संकटमा रमाउन सिक्नुपर्छ, जीवन सुन्दर छ, आत्महत्याको बाटो कहिल्यै नरोज्नुहोला ।’
भिडियो