प्रभु बैंक Prabhu Bank Limited ले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १९ गतेदेखि एक हजार अंकित दरका २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।
८ बर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी गर्ने छ । बैंकले कुल २ अर्ब मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्ने छ ।
लगानीकर्ताले २५ कित्ता र अधिकतम ३ लाख कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ३१ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । ऋणपत्र निष्काशनको लागि बैंकले नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्ति गरेको छ ।