वि.सं.२०७७ साउन -१८,आइतवार, ई.सं.२०२० अगष्ट – २, शक संवत्-१९४२ नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-चतुर्दशी , २०:५२ बजे उप्रान्त पूर्णिमा,नक्षत्र-पूर्वाषाढा , ०७:२८ बजे उप्रान्त उत्तराषाढा,योग-विष्कम्भ , ०९:२० बजे उप्रान्त प्रीति,करण-गर ०९:११ बजेदेखि वणिज , २०:५२ बजे उप्रान्त वालव,चन्द्रराशि-धनु,आनन्दादि योग-शुभ, सूर्योदय-५:२८, सूर्यास्त-१८:५०,दिनमान-३३ घडी २५ पला,श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरा बडीमालिका मेला।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ, आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट नयाँ काम गर्ने मौका छ, आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक ६ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – सामानहरू छुट्ने/हराउने सम्भावना छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,नाक तथा घाँटीमा समस्या आउला , आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अधुरा काम सम्पादन गर्न सकिनेछ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास जित्नै अघि बढ्न सकिने छ, आजको शुभ अंक १० रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, अलंकार आदि उपहार पाइने योग छ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला, आजको शुभ अंक १ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,मानसम्मान मिल्नेछ , भाग्यले साथ दिनेछ,आजको शुभ अंक ८ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला, व्यावसायिक काममा खर्च बढ्नेछ, आजको शुभ अंक ९ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ, आजको शुभ अंक ४ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।