पर्वतको फलेवास ७ लिमिठानाको एतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हरुको प्रचारप्रसार संगै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ। लिमिठानामा जन्मिएर लोक गीत सङ्गितको क्षेत्रमा अग्रसर गायक तथा सर्जक अर्जुन पन्तको लय शब्द सिर्जना र परिकल्पनामा निर्माण गर्न लागिएको भिडियाेको विभिन्न एतिहासिक धार्मिक तथा पर्यटकिय स्थलहरुमा छायांकन गरिएको हो । धेरै सङ्घर्श पछी लिमिठानाको चिनारी (जन्मभुमि ) को छायांकन गर्न सफल भएको गायक अर्जुन पन्तले बताए ।
आफ्नो स्वार्थका लागि नभइ आफ्नो जन्मगाउँ ठाउको चिनारी गराउनका लागि भिडयो निर्माण गर्न लागिएको पन्तको भनाइ छ। कर्मथलो जहाँ र जुन परिवेशमा बनाए पनि मान्छेले आफ्नो जन्मभूमि कहिल्यै भुल्न नहुने भन्दै आफुलाइ पनि हरपल गाउँठाउको मायाले सताइरहने बताउछन् । छायांकनमा साथ र सहयोग गर्ने संघ सस्था साथै लिमिठानाका बासिन्दा लाई पन्तले धन्यवाद व्यक्त गरेका छन । चिनारी गीतमा पन्त लाई चर्चित गायिका सुनिता बुढाक्षेत्रीले सुमधुर स्वरमा साथ दिएकी छन।
लिमिठानाका विभिन्न ठाउँ, मठ मन्दिरहरु, स्कुल र पुराना संरचनाहरु लाई समेटेर गरिएको छायांकनमा धौलागिरीका चर्चित हास्यकलाकार निर्मल पौडेल एन पि घायल, मोडेल अशोक पौडेल ,दीक्षा रेग्मी,करिश्मा सुनार ,सुजिता पौडेल लगायतको उत्कृष्ट अभिनय रहेको छ। भिडियो लाई उत्पादक/बितरक:न्यू अन्जना डिजिटल मिडिया प्रा लि काठमाडौंले यसै महिना सार्वजनिक गर्नेछ। अर्जुन पन्तले निर्देशन गरेको भिडियाेको छायांकन किसान बिसी लगायतको युनिटले गरेको हो।