काठमाडौंः अघिल्लो वर्ष रिलिज भएर निकै सफल भएको चलचित्र आमाको टिमले अर्को चलचित्र बनाउने भएको छ । निर्देशक दिपेन्द्र के खनाल र निर्माता शर्मिला पाण्डेले अब नयाँ फिल्मको तयारी गरेका हुन् ।
उनीहरुले पहिलो पटक ‘लभ लभ लभ’ नामक चलचित्रमा सँगै काम गरेका थिए । त्यसपछि उनीहरुले सँगै नै काम गर्दै आएका छन् । उनीहरुले गत वर्ष काम गरेको आमा चलचित्र निकै सफल समेत भएको थियो ।
अब बन्न लागेको नयाँ चलचित्र पनि सामाजिक विषयवस्तुमा रहेको शर्मिला पाण्डेले बताएकी छिन् । उनीहरुले अहिले स्क्रिप्टको काम सकेर बसिरहेको बताइन । सामाजिक विषयवस्तुमा बन्न लागेको चलचित्र नेपाल सरकारले छायांकनको अनुमति दिएपछि काम सुरु गर्ने उनले जानकारी दिएकी छिन् ।
शर्मिलाका अनुसार चलचित्र आगामी वर्ष रिलिज हुने तयारी गरिएको छ ।