आज हास्य कलाकार कुमार कट्टेल जिग्रीको जन्मदिन । हास्यकलाकारीतामा आफ्नो बलियो पकड बनाएका कुमार पछिल्लो समय सामाजिक काममा पनि व्यस्त रहेका छन् । यतिबेला उनि धुर्मुस- सुन्तली फाउन्डेसनको अग्रसरतामा निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा जुटिरहेका छन् ।
देशमात्र नभई पूरा विश्व कोरोनाको मारमा रहेको छ । केहि सहजता भएसंगै दैनिकी सुचारु हुन थालेको छ । तर कोरोनाका कारण धेरै मानिस आफ्नो देश भन्दा बाहिर अलपत्र परेका छन् । केहि त दलालले झुक्याएर विदेशमा पुगेर अलपत्र परेका पनि छन् ।
कुमारले आफ्नो जन्मदिनमा त्यस्तै अलपत्र परेकी एक युवतीको उद्धार गर्ने निर्णय गरेका छन् । उनले दलाल मार्फत भारत हुदै दुवई पुगेकी युवतीको उद्धार गर्ने तयारी गरेका हुन् । झापा घर भई दुवई पुगेकी उनको अवस्था अत्यन्तै दयनीय रहेको बताईएको छ । उनले आफ्नो जन्मदिनमा खुशियाली मनाउनको सट्टा दुखमा रहेको नेपाली चेलीलाई दुवई बाट नेपाल फर्कन आवश्यक पर्ने प्लेन टिकटको खर्च व्याहोर्ने निर्णय गरेका छन् ।
कुमार लेख्छन्:
आज मेरो जन्मदिन
बाचुन्जेल हासी खुसी रमाउन सकु
रमाउनकै लागि अनेक बाहाना बनाउन सकु ❤
संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ ! नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडा लाइ महशुश गर्दै झापा घर भयकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुदै दुबइ पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भयको कुरा आदरणीय दाइ प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो !
मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु !
यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौ ! जय देश
जय जननी