गायिका कला लम्सालको परिचय नै पातली भइसक्यो । गत वर्ष पातली तीज गीत बजारमा ल्याएपछि निकै चर्चा मिल्यो । यस वर्ष पनि उनले पातलीकै स्वीकेल ‘ऐन हेरी हेरी’ बजारमा ल्याएकी छन् । गितार र ड्रमसेट भित्र्याउनेले तीजको मौलिकतामाथि बलात्कार गरेको उनको आरोप छ । मिडियामा पनि क्यामेरा बोकेर हिंड्नेहरुले वास्तविक पत्रकारलाई पछाडि पारेको उनको गुनासो छ । लोकदोहोरी गायिकाले अलि रक गीत गायो भने विभिन्न विवाद हुन्छ तर आस्था राउतले त्यही गीत गाउँदा विवाद हुँदैन भन्ने उनको तर्क छ । महिलालाई गीत संगीतमा स्थापित हुन गाह्रो भएको अनुभव उनीसँग छ । उनीसँग गरेको कुराकानीका लागि तलको भिडियो हेर्नुहोलाः

 

तपाईको प्रतिक्रिया