एजेन्सी : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी ए को शीर्ष स्थानमा यथावत छ ।
अधिकांश समय खेल नियन्त्रणमा राखेर दुई गोलको अग्रता लिएको एटलान्टालाई बराबरीमा रोक्न क्रिष्टियानो रोनाल्डोको दुईवटा पेनाल्टी प्रहार पर्याप्त हुन गयो । एटलान्टाका लागि डुभान जपाटा र रस्लान मेलिनोस्कीले सामान एक/एक गोल गरे । साेह्राैँ मिनेटमा जपाटाको गोलबाट एटलान्टाले युभेन्टसमाथि १–० को अग्रता बनाएको थियो ।
पच्पनाैँ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीको अवसरलाई क्रिष्टियानो रोनाल्डोले गोलमा परिणत गर्नुहुँदै खेल १–१ को बराबरीमा ल्याए । असीऔं मिनेटमा मेलिनोस्कीले एटलान्टाका लागि गोल थप्दै खेल २–१ को स्थितिमा ल्याए ।
तर ८९ औँ मिनेटमा मार्टेन डी रुनको हयाण्डबलले युभेन्टसका लागि पेनाल्टीको अवसर जुराएको थियो । उक्त अवसरलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल २–२ को बराबरीमा टुङ्ग्याए ।