मोनिका नगरकोटी
हो म बेश्या हु।।
आउ न मलाइ मूल्य तोका,
आउ न मलाइ एक रात बोका,
हो म बेश्या हु,
आउ न मलाइ लुछा।।
म हर रात यहि गल्ली मा हिड्छु।।
छोटा जामा मा सजिएर,
ओठ मा राता लाली दलेर,
सबै सिजन बद्लेर,समर पलाउछ
तर म यहि उहीँ अनि तेइ रात मा
अनि तेइ हात मा,उहीँ कण्डम का
प्याक बोकेर ग्राहक खोज्न हिड्छु।
हो म बेश्या हु!!
आउ न मलाइ लैजाउ
आउ न आफ्नो प्यास मेटाउ।
अह सोच्दै होलाउ,
म आफै लाई किन यस्तो भन्दै छु?
म आफैलाइ किन चिनारी गराउदै छु??
म भित्र नि प्रश्न आकै थिए।।
म भित्र नि ज्वाला जलेकै थिए।।।
मात्र थिएनन् जवाफ को हिसाब।
मात्र थिएनन् हुलाक को किताब।
नत्र म पत्र कोर्थे,
उह माथी बसेका लाई सोध्थे।
आखिर मलाइ जन्म देकै किन??
आखिर मलाइ बेश्या बनाकै किन??
म आफ्नो सिकारी आफै खोज्दैछु।
गिद्दे हरु को प्यास मेट्दै छु।।
नजाउ मेरो निदोर्ष बचेरा मर्ने छन।
जुन प्रेम बीउ रोपि कोइ बिलिन भएका थिए।।।
एकादेश को राजा अनि म रानी थिए।।
खैर कोइ आउ न मलाइ लुटा
मलाइ रेट लगाउ
मेरो बाजि लगाउ।।
हो पक्कै मलाइ छुदा पाप लाग्छ भन्ने हरु
बिहान मन्दिर मा पुजारी हुन्छ्न।।
मलाइ बेश्या भन्ने हरुकै
घर कि छोरी चेली हुन्छे।।
खैर म बेश्या हु,।।।
मलाइ लुटिनु छ,..जल्नु छ
अनि यहि मर्नु छ।
ए हजुर म बेश्या हु।
आउ न आउ कोइ लुटा मलाइ।
आउ न आउ मूल्य तोका मलाइ