नेपाली चलचित्र क्षेत्रमा कुन वाद हाबी छ ? यो बिषयमा सबैको तर्क फरक फरक हुनसक्छ । कतिपयले चलचित्र क्षेत्रमा परिवारवाद नरहेको बताइरहेका छन् भने कतिपयले यो क्षेत्रमा समुहवाद हाबी रहेको उल्लेख गरेका छन् । चलचित्र क्षेत्रमा परिवारवाद हाबी भएको र यसले प्रतिभावान कलाकारलाई महत्व नदिएको भन्दै केही कलाकारले आक्रोश पनि व्यक्त गरेका छन् ।

यो बिषयमा नायिका प्रियंका कार्कीले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । एक जना फ्यानले इन्स्टाग्राममा सोधेको प्रश्नमा प्रियंकाले भनेकी छिन्–‘परिवारवाद सबैतिर छ । एकजना डाक्टरले आफ्नो छोरा पनि डाक्टर नै भएको हेर्न चाहन्छ । व्यापारीले आफ्नो सन्तानलाई व्यापारिक क्षेत्रमै ल्याउन चाहन्छ । यो नराम्रो होइन ।’

तर, प्रियंकाले परिवारवादका कारण प्रतिभा भएकाहरुलाई ओझेलमा पार्न नहुने तर्फ भने सचेत गराएकी छिन् । कार्कीले, परिवारवादका कारण राम्रा प्रतिभालाई अवसर नै नदिने, उनीहरुलाई ओझेलमा पार्न खोज्नु भने नराम्रो भएको स्पष्ट पारेकी छिन् ।

चलचित्र क्षेत्रको पारिवारिक पृष्ठभूमी भन्दा बाहिरबाट यो क्षेत्रमा प्रवेश गरेकी प्रियंका अहिलेकी चर्चित नायिका हुन् ।

तपाईको प्रतिक्रिया