रामकुमार नेपाली लोकदोहोरी क्षेत्रमा उदाउँदो नाम हो । इमेज लोक कलाकार सिजन २ का बिजेता बनेका उनी नेपाल लोक स्टारको उत्कृष्ट चारसम्म पुगेका थिए । उनै रामकुमार नेपालीको स्वर, शब्द र संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा रामकुमार आफैं मोडलको रुपमा पनि देखिएका छन् । गीतमा उनीसँगै कृति केसी, सन्जीव ठकुरी र स्मृति बस्नेतले भिडियोमा अभिनय गरेका छन् । घुर्यानको मुलाको बोलको गीतको भिडियो दुर्गा पौडेलको निर्देशनमा तयार भएको हो । गीतमा सन्जीव ठकुरीको कोरियोग्राफी छ । हेर्नुहोस् भिडियो ।
कृतिलाई जिस्काउँदै इमेज लोक कलाकारका बिजेता रामकुमार नेपाली (भिडियो)
