नेपाल- ओमान र अमेरिकाबीच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा सन्दिप लामिछानेले आफुले लिने प्रत्येक विकेट वराबर रु ८८४८ को दरले निर्माणाधिं गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागी सहयोग गर्ने घोषणा गरेका थिए। नेपालमा बन्दै गरेको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको छ। आफुले लिएका प्रतिविकेटको दरले सन्दिपले ७०,००० बढी रकम धुर्मुस-सुन्तली फाउण्डेसनलाई बुझेका छन्। उनको म्यानेजमेन्ट कम्पनिले पनि सोहि बराबरको रकम फाउण्डेसनलाई हस्तान्तरण गरेको छ।

रकम हस्तान्तरण पछि सन्दिपले भने,’हाम्रो र हामि जस्तै खेलाडीका लागि उहाहरुले यस्तो महान कार्य गरिरहनु भएको छ। विश्वभर चर्चारहेको विश्वको सर्वोच्च शिखर बराबरको प्रति विकेट रकम दिने घोषणा मैले गरको थिए। सोहि बाचा आज पुरा गर्न पाउदा निकै खुशी लागेको छ।’ धुर्मुस -सुन्तलीको निर्माण र अभिनयमा रहेको चलचित्र ‘सेन्टिभाइरस’ आज बाट रिलिज भएको छ। धुर्मुसले सन्दिप सहित राष्ट्रिय टोलिलिई चलचित्र हेर्ने निम्ता पठाएका छन्।

तपाईको प्रतिक्रिया