नेपालमा यतिबेला आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज चलिरहेको छ। उक्त सिरिजमा नेपाल, ओमान र अमेरिका खेलिरहेका छन्। पहिलो खेलमा ओमानसंग पराजित भएको नेपाल दोश्रो खेलमा अमेरिका संग भिडिरहेको छ। उक्त खेलमा बाया हाते युवा अलरउन्डर कुशल मल्लले ओडीआई क्रिकेटमा विश्व कीर्तिमान रचेका छन् । डेव्यु खेलमा नै उनले सर्वाधिक सानो उमेरमा अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन्। अमेरिका विरुद्धको खेलमा उनले यो किर्तिमान कायम गरेका हुन्। अमेरिकासँग ४९ बलमा ४ चौका र ३ छक्का सहित ५० रन बनाएका कुशल आज १५ वर्ष ३ सय ४० दिनका रहेका छन् । यसअगाडी यो किर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा रहेको थियो।
डेव्यु खेलमा कुशलको विश्वकीर्तिमानी अर्धशतक
