गायक राजेन्द्र बजगाईंको नयाँ गीत ‘आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन । पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ । गीतको भिडियोलाई राजेन्द्र बजगाई लेआफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन ।
करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एबम संगीत रहेकाधेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन ।
रेस्लरअस्मिता जुरेली र रोहण रत्न बागचन्द फिचर्ड ‘आँखामा तिमी’ सार्वजनिक [भिडियो]
