नेपालको रेस्लिङ क्षेत्रमा स्थापित नाम हो, अस्मिता सुनार (जुरेली) । रेस्लिङसँगै मोडल र कलाकारका रूपमा पनि परिचित छिन्, उनी । खोटाङ राजापानीमा जन्मिएकी अस्मिताले आधा दशकअघिबाट रेस्लिङ सुरु गरेकी हुन् ।
‘गिनिज अफ वल्र्ड’मा नाम दर्ता गराएका नेपाली पार्कर खेलाडी दिनेश सुनारको प्रेरणाले रेस्लिङमा आएको उनले बताइन् । अर्की खेलाडी भगवती खड्का (युनिका)को साथले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी यस अवधिमा अस्मिताले सयभन्दा बढी रेस्लिङ गेममा भाग लिइसकेकी छन् । ‘जुरेली’ नामले स्थापित अस्मिता नेपालको टप महिला रेस्लर सूचीमा पर्छिन् । रेस्लिङसँगै मोडलिङमा लागेकी उनले चार वर्षअघि कुमार न्यौपानेको ‘हजुर त देख्दा…’, गीतको भिडियोबाट मोडलिङ सुरु गरेकी हुन् । उनले प्रमोद खरेलको ‘धोका दियो मायालुले…’, विजय थापाको ‘ओ नारान…’, टंक बुढाथोकीको ‘रातो गुलाब…’, मनीषा पोखरेलको ‘आऊ आऊ…,’ सहित २५ म्युजिक भिडियो अभिनय गरिसकेकी छन् ।
अस्मिताले मोडलिङ गरेको टीका प्रसाईं र राजेन्द्र बजगाईंको नयाँ गीतको भिडियो यसै साता रिलिज हुँदै छ । हालसम्म ‘हबल्दार सुन्तली’, ‘भूलभुलैया’, ‘जाइरा’, ‘कोपिला,’जस्ता चलचित्रमा अभिनय गरिसकेकी यी रेस्लरले अभिनय गरिरहेको टेलिशृंखला ‘कुल खानदान’ हरेक साता डिस होमको रमाइलो टिभीबाट प्रसारण भइरहेको छ । यो शृंखलामा उनी नायिकाका रूपमा छिन् । यिनै रेस्लर मोडलसँग डब्बु क्षत्रीले गरेको सटकट संवाद :
अस्मिता सुनारको नाम ‘जुरेली’ किन भयो ?
रेस्लिङमा जाँदा निकै पातली र फुच्ची थिएँ । जुरेली चराजस्तो फूर्ति देखेर रेसलर हिमालयन टाइगर भरतबहादुर बिसुरालले ‘जुलेरी’ नाम राखिदिनुभएको हो ।
रेस्लर कि मोडल त ?
रेस्लिङ खेलाडी हुँ । पहिलो परिचय रेस्लर नै हो । यता आफूलाई मोडलिङमा पनि व्यस्त राखेकी छु । पछिल्लो समय मोडल र कलाकारका रूपमा परिचय बनाइरहेकी छु ।
रेस्लङ र मोडलिङमध्ये कुन रमाइलो ?
रेस्लिङ नै रमाइलो लाग्छ । यसमा पावर स्टामिना, टेक्निकल सबै लगाउन सकिन्छ । मोडलिङ अलिक फरक हो । मोडलिङ अभिनय प्रमुख हुने भएकाले अलिक गाह्रो पनि छ ।
रेस्लर र मोडलमध्ये चिनिनुको कारण ग्लामर भएर त हैन ?
रेस्लिङमा म आफू ट्यालेन्ट भएर चर्चित भएकी हु“ । मोडलिङमा ग्लामर पक्कै छु र अभिनय पनि गर्न सक्छु । किनकि यो ‘ग्लामर फिल्ड’ भएकाले त्यो देखिनु स्वाभाविकै हो ।
ग्लामरमा कतिको विश्वास छ ?
सुन्दरता जन्मि“दै आएको सम्पत्ति हो । त्यो समाजमा ‘भर्गल’ रूपमा पस्केर विकृति फैलाउनुभन्दा आकर्षक र सुन्दर रूपमा पस्केर प्रकट हुनु नारीको विशेषता हो । यसले हरेकलाई आकर्षक गर्छ । संसार ग्लामरको पछि लागेको छ । त्यसैले म यसमा विश्वास गर्छु ।
ग्लामर र सेक्समा के फरक छ त ?
ग्लामर आकर्षक हो । यो देखेर मानिस आकर्षित हुन्छन् । हरेक पोथी प्राणी ग्लामर हुन्छन् । सेक्स पुस्ता विकासका लागि अपरिहार्य प्रक्रिया हो ।
महिला रेस्लर स्टेजमा निकै छोटो पहिरनमा हुनुको कारण ?
महिला आकर्षक हुन्छन् । ग्लामर हुन रेस्लिङमा जरुरी छ । महिला रेस्लिरको ब्युटी र ग्लारमले खेलमा आकर्षण थप्छ । यो छोटो कपडा भने स्पोर्ट डे«ेस हो । एथलेटिक्सदेखि धेरै खेलमा यस्तै कपडा हुने भएकाले महिला रेस्लर प्रायः छोटो पहिरनमै उत्रन्छन् ।
डरलाग्दी रेसलरको प्रेमी नि ?
खेलाडी र मोडल, कलाकार भएका कारण हिम्मतवाली केटीलाई धेरैले मन पराउँछन् । तर, मेरो ब्वाइफ्रेन्ड भएकाले अरूको प्रेम स्विकार्ने गरेकी छैन ।
बिहेको योजना के छ त ?
विदेश गएर डब्लूडब्लूयूमा खेलेर नेपाललाई चिनाउने सपना पूरा गरेपछि विवाह गर्ने लक्ष्य छ ।
भविष्यको लक्ष्य मोडलिङ कि रेस्लिङ ?
मोडलिङ सीमित समयका लागि हो । शरीरले साथ दिएसम्म रेस्लिङमै लागिरहनेछु ।