पपगायक सुजन ढकाल र गायिका स्मृति पोखरेलको स्वरमा रहेको गीत ‘तिम्रो चन्चले चुलबुले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुजनकै शब्द र संगीत रहेको गीतमा सन्दिप कार्कीको सगीत संयोजन रहेको छ । लन्डनको रमणीय स्थलहरुमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा हट मोडेल नायिका एबम गायिका स्मृति पोखरेल र कुमुद पन्त फिचर्ड छन। गुणदेव घिमिरेको क्यामेरा र माधव बेलबासेको सम्पादन रहेको भिडियोमा स्मृति र कुमुदको निर्देशन रहेको छ ।गायिका स्मृतीको यसअघि धेरै गीतहरुको बिदेशका धेरै ठाउहरुमा शुट गरिएको म्युजिक भिडियोहरु आइसकेका छन भने पप गायक सुजन ढकालको डेप्थ एल्बमको साथै धेरै गीतहरु बजारमा आइसकेका छन ।
‘तिम्रो चन्चले चुलबुले’भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युब मार्फत रिलिज गरिएको हो ।
सुजनको र स्मृतिको ‘तिम्रो चन्चले चुलबुले’को भिडियो रिलिज [भिडियो ]
