काठमाडौं। फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले काठमाडौंमा विभिन्न ५ हलमा प्रदर्शनको ५१ दिन मनाएको छ।
रामबाबु गुरुङ निर्देशित फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आएको थियो। निर्देशक गुरुङका अनुसार शनिबार फिल्मले राजधानिको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा प्रदर्शनको ५१ औं दिन मनाएको हो। फिल्मले ५१ दिन मनाएको खुसीयालीमा निर्देशक गुरुङले फेसबुक स्टाटसमार्फत सम्पूर्ण दर्शक, हल सञ्चालक, वितरक तथा मिडियाकर्मीहरुलाई धन्यवाद दिएका छन्। उनले यो खुसी सबैसंग बाँडन चाहेको समेत बताएका छन्।
फिल्म वतरक कम्पनी स्टेशन फाइभका अनुसार फिल्मले ५१ दिनसम्ममा १४ करोड ग्रस कलेक्सन गरेको जानकारी दिएको छ। यसवर्ष ५१ दिन मनाउने फिल्मको सूचिमा ‘कबड्डी कबड्डी कबड्डी’ तेस्रो नम्बरमा परेको छन्। यसअघि बैशाखमा प्रदर्शनमा आएको ‘दाल भात तरकारी’ र जेठमा प्रदर्शनमा आएको ‘जात्रै जात्रा’ ले ५१ दिन मनाउन सफल भएका थिए।
‘कबड्डी कबड्डी कबड्डी’ले स्वजातिय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथालाई उतारेको छ। फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, कमलमणी नेपाल, माओत्से गुरुङ, लगायतका कलाकारहरुको अभिनय छ।