इटहरी / तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् ।
इटहरीमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गीत, चित्रकला, कतिवा, मेकअपलगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू मध्ये एक जनाले बेस्ट ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । सो एवार्ड आउँदो कार्तिक १८ गते हुने फाइनलको दिन बितरण हुनेछ । ट्यालेन्ट शोको निर्णायकहरूमा जय मिडिया मिडिया म्यानिजमेन्टका निर्देशक जय राज राय, मिसेस कोशी २०१९ को विजेता रेनुका लिम्बु, नृत्य निर्देशक मनोज राजवंशी र बैङकर रविन थापा रहेका थिए ।
जय मिडिया म्यानिजमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् । स्कूल अध्ययरत विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनुकाटाबाट प्रतियोगिहरूले भाग लिएका छन् ।