मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज तपाइको धनलाभको योग छ । पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कमाइ सोचे अनुरुप हुनेछ । पठन पाठनमा पनि प्रगति हुनेछ, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज कुनै नया कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । कुसैसंग झगडा पनि हुन सक्छ ।