विदेश गएर लाखौ कमाए स्वच्छ सास फर्ने सपना बोकेर स्वदेशको विमान स्थलबाट अन्तिम हात हल्याउदैं मन भित्रका भित्री पिडाहरुलाई भुलाउदै त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय ध्वजाबाहक जहाजको भ्यालबाट आफनो गहभरी आशुँ झादैं परदेशी भुमीमा सुनौलो सपनाहरुलाई पुरा गरेर जहाजमा सवार नेपाली दाजु भाई हरु सगँ मुस्कुराउदैं परदेशको भुमी टेक्नुपर्ने बाध्यतावाट मन अलिकति विचलित भएको छ ।
फलानाको छोरा छोरा छोरीले ले यति कमायो उति कमायो भनेर गाउँ घर र साथी भाई को जमघट भएको बेलामा सहर र गाउँमा प्रशस्त सुन्थे तर त्यो त सबै कहाँ सत्य हुदो रहेछ र ? आर्काको देशमा भनेको जस्तो नहुदो रहेछ्र । त्यो त यहाँ आएर आफ्नै साथीभाइको बिचल्ली देखेर आफ्नै आखाँ अनेकौ पिडाहरु भोग्नेलाई पनो थाहा हुदों रहेछ । आफना आखाँकै परदेशी भुमीमा एक छाक नखाई घर परिवारको सपनाहरु पुरा गर्नको लागी विरानो मुलुकमा बसेर चार्डपर्व नमानी वस्दा कति पिडा हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । अगाडी छर्लंग भएको देख्दा कता कता मुटु चिसो भएको अनुभब हुन्छ्र । गर्मी महिनामा कति पय मानिसहरु गर्मीको कारणले बाटोमै बिहोस भइ लडेको देख्छु त्यस बेला मनमा कति पय अवस्थामा हृदयमा गहभरी आशुँ झार्नु शिवाय केही रहदैन । कतिपय मानिस हरु सडकमा गाडीको पाग्राले थिचेर मरेको देख्छु्र । कतिपय मानिसहरु सुतेको ठाउँमा सुतेको सुते समाचार सुन्छु त्यहाँ कति अफठयारो होला भनेर महशुस गर्न सक्छु । घरको आर्थिक अवस्थामा सुधार गदै आफनो सपनाको सहरहरुलाई सजाएर परदेशी भुमीमा बसेर स्वदेशमा भएकी आफनी श्रीमतिलाई पठाउदा कुदृष्टि लागेर श्रीमति अरुको अगालोमा जादाँको ब्यथापनी कम छैन परदेशीहरुको । कोहि मानिस १५(२० तला माथीबाट भुइमा खसेर पाकेको फर्सी टासेको झैँ देखिन्छ । कति मानिसहरु भनेको तलब नपाइ ऋण तिर्न नसकी चिन्ताको कारण गाडीको मुनि आत्मा हत्या गरेका छन्र । कति मानिसहरु यस्तै ऋणको कारण काम गरेको घरबाटै फाल हानेरमरेका छन । अनि यस्ता यस्ता धेरै घटनाका दृश्य समना गर्दा पनी परदेशमा काम गर्नुपर्ने र देशमा पैसा पठाएर हजारौ युवाले आफनो रोजिरोटी कटाएर परिवारको अवस्थालाई अझ परिस्किृत बनाएर अगाडि बढाएको देख्दा आफैलाई गर्व लाग्छ र भन्छु जसरी पनी स्वदेशमा विदेशी मुद्रा आएकै छ । कतिपय अवस्थामा आफनै अवस्थामा काम गर्न आएको दाजुभाई दिदि बहिनीको लाशलाई बाकशमा राखेर पठाएको देख्दा त मुटु काप्ने गर्दछ्र गाउँमा हुदाँ त कानले सुनेको मात्र थिए तर यहाँ त आफ्नै आखाँ अगाडी यो सबै दृश्य देख्न बाध्यता हुदो रहेछ । यसरी सबै लासको कोहि त मुलुक पठाई दिन्छन कोहीका यही माटोमा पुरी दिन्छन ,के गर्नु कस्तो बिडम्बना फलानो कमाउनु गएको छ धेरै पैशा कमाएर ल्याउछन अनि राम्रा राम्रा लुगा गहना लगाउला मिठो मिठो खानेकुरा खाउला मोज मस्ती गरौला घर बनाउला आदी ईत्यादी । यो सारा सपना सोचेर घरमा बसी सपना देख्नेहरुको कमै मात्रको सपना पुरा हुन सक्छ्र । यो त सानो उदाहरण मात्र हो अरु अनेकौ देशहरुमा बुझ्ने हो भने यस्तो घटना त कति हो कति?? भनेर साध्य छैन्र यो हुनु भनेको हाम्रो देशको गरीबी हो,सायद गरीबी नहुनु हो त् । यस्तो अकालमा कसैले पनि आर्काको देशमा प्राण त्याग्न पर्दैन थियो होला । अझ भन्ने हो भने हामीहरु परदेशमा बाँचेर पनि मरेको सरह हुन पर्छ के गर्ने घर छोड्दाको बिछोड ती लालाबालाको हसिलो मुहार अनि तोते बोली बाबा भन्ने सुन्न पाए पनि कस्तो हुन्थ्यो होला ? यस्तै सम्झनामा लालाबाला गाउँघर,त्यो चौतारी,गार्हो भएको बेला यसो सुस्ताई भारी बिसाई लामो स्वास फेरेको अनि गाउघरका दौतरीहरु,साथीभा ,ईष्टमित्र,दाजु भाइ,दिदी(बहिनी,सबै परिवारको सम्झनाले साह्रै मन रुन्छ । त्यस्तै सम्झनामा नरोएको भन्ने सायद दिनै नहोला..कति हासीखुशी आधा पेट खाएर भए पनि आफ्नै परिवारसंग आनन्दसंग बाँचेको त थियौ नि ..तर विदेश आए पछि सबै भताभुङ्ग भयो्र । यहाँ दिन पछि रात रात पछि दिन यस्तैमा पिरै पिरमा जीवन बिताउन बाध्य भएको अवस्थालाई कस्ले पो बुझन सक्ला र ?के गर्ने यस्तै रहेछ मानिस भए पछि कहिले दु ख कहिले सुख भन्छन ।
तर यहाँ दु ख त छदै छ , ,मन त सधै उही आफ्नै गाउघर अनि उकाली ओराली भन्ज्यांग चौतारी,अनि सात फेरो लगाई संगै बाच्ने संगै मर्ने कसम खाइ भित्राइएको जीवन साथी तिम्रो साथ कहिल्यै छोड्नि सुख दुस्खमा हरेक पलमा साथ दिन्छु । भन्ने कसम खाइ साथ निभाउने बाचा गरेको थिए तर कस्तो बिडम्बना त्यो त कथा भयो्र । हेर जीवन साथी एकातिर आफू यतातिर साथ निभाउने भन्ने त कहिले हो कहिले ??लाउला खाउला भन्ने उमेरमा छुट्टिन पर्दा यो मन कति छिया छिया भयो होला त्यो त उही परदेशमा बस्नेहरुलाई मात्र थाहा हुन्छ्र ।

सधै आँशुका घुट्का पिएर बस्नु परेको छ्र ।भविष्यका सन्ततीको खुशीको लागी मेहनतको पसिनालाई विदेशी भुमीमा बसेर कमाउने हजारोैं दिन रात नभनी काम गर्दा नेपाल बाट छोरा छोरीले सामाजिक सञ्जालमा हालेको तस्विरलाई मोवाइल लाई छातिमा राखेर ममता र स्नेहको भावमा भावनात्मक सम्बन्धलाई अगाडि पुयाउनु बाहेक अन्य विकल्प छैन रहेछ । हजारौ खुशी हरुलाई तिलाञ्जली दिएर सपनाको पहाडलाई छिचोल्दै अगाडि हिडेका कर्मयोगी युवा युवती सगैँ सात समुन्द्र पारीको मरुभुमीबाट सकारात्मक संकल्प सहित भोगाईहरुलाई विउत्याउन मन लाग्यो । गहभरी आशुँको छल्को आउदा पनी साथ दिने कर्मयोगी साथीहरुको अभावमा परदेशी भुमीमा विताउदा त्यस्तो भावनाहरु ऋाउने रहेछ । अन्त्यमा सिप र कामको सम्मान गदै आफनो देशको विकाशमा सहयोग पुयाउँ ।

तपाईको प्रतिक्रिया