चर्चित गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर ‘कु कु कु’ गीतमा प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राइको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी , कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन रहेको छ ।द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा आमा न भएकी सानु छोरीको कथा संग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।
जुनियर कार्टुन क्रु को दमदार नृत्य रहेको सचिन रौनियारको ‘कु कु कु’ सार्वजनिक [ भिडियो ]
