बलिउडका सुपरस्टार सलमान खान चाडैं नै सरोगेसीबाट बुवा बन्ने योजना बनाउँदै छन् । ५३ वर्ष पुगेका सलमानले कहिले बिहे गर्छन् भन्ने प्रश्न सँधै नै चर्चामा रहिरहेको विषय हो । सलमानले एक अन्तरवार्तामा आफूलाई एउटा बच्चा चाहेको कुरा बताएका छन् ।

फिल्म ‘भारत’को प्रोमोशनको क्रममा भारतीय मिडियासँग कुराकानी गर्दा उनले आफ्नो पनि एउटा बच्चा होस् भन्ने चाहना ब्यक्त गर्नुका साथै बच्चा चाहिए पनि आमा नचाहिएको बताएका छन् ।

बच्चा आयो भने बच्चाको हेरचाहमा आमाको जरुरी हुन्छ । तर, उहाँसँग बच्चाको हेरचाह गर्नका लागि एउटा पूरै गाउँ रहेको बताएका छन् । सलमानले यस कुराबाट आफू सरोगेसीको सहायताबाट बुबा बन्ने स्पष्ट परेका छन् ।

उनी बच्चालाई निकै माया गर्छन् । उनले बोलेका यी कुराहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यसअघि पनि सलमानले एक अन्तर्वातामा आफू एक राम्रो छोरा भएका कारण राम्रो बुवा बन्न सक्ने तर, राम्रो पति बन्न नसक्ने बताएका थिए ।

उनले आफ्नो परिवार भन्दा अरुलाई खासै समय दिन नसकेको कारण पछि गएर आफ्नो पार्टनरलाई समय नदिँदा अपमान हुने भएको कारण विवाह नगरेको बताउँछन् । अहिले उनि अली अब्बास जफरले निर्देशन गरेको फिल्म ‘भारत’को प्रचार प्रसारमा ब्यस्त रहेका छन् ।

ईदको अवसर परेर जुन ५ तारिखका दिन प्रदर्शनमा आउन लागेको यस चलचित्रमा सलमान खानका साथ अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया