नेपालमा पछिल्लो समय लगातार रेलको चर्चा र परिचर्चा भैरहेको छ यसै सम्बन्धि धेरै गीतहरु पनि बनेका छन यस्तै रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ ‘रेलैमा’ शुक्रबार साँझ रिलिज गरिएको उक्त गीतमा डिपी खनालको शब्द, भिम बि सीको सगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ गीतमा भने किरणको अलवा नितातर थापा मगरको पनि स्वर सुन्न सकिन्छ । चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्माको दमदार नृत्य रहेको भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम सम्पादन र निर्मल लामाको निर्देशन रहेको छ । पछिल्लो समय लगातार हिट गीतहरु रिलिज गरिरहेका किरणको यस अघि ‘माया मै संग लाइदेउ’,’बरिलै ‘,कथा काठमाण्डु’ लगायतका गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।
रेलैमा’ लिएर किरण भुजेल, भीमफेदी गाइज र एलिसा शर्मा [ भिडियो] [भिडियो ]
