बलिउड नायक सलमान खान कुनै समय आफनो करियरमा तल नै झरिसकेका थिए । तर आज उनी सबैको हाईहाई छन् उनको स्टारडमको त झन कुरै नगरौँ । उनै सलमान खान कुनै समय बलिउडमा ब्याड ब्योईको इमेज भएको नायकको रुपमा हेरिन्थ्यो । उनको दबंग शैली र परिआए भिडिहाल्ने र रक्सी सेवनको लतले उनीसंग काम गर्न निर्माता निर्देशकहरु नै चाहान्थेनन् । प्रेमको मामिलामा पनि अनलक्की सलमानको व्यक्तिगत जीवन पनि कम तनावमय र बिवादित रहेन । उनी हिट एण्ड रन र कालो हरिण मारेको २ वटा मुद्धा टाउकोमाथि बोकेर हिडिरहेका छन् । सन २००२ को हिट एण्ड रन केसमा उनले रक्सीमा धुत भएर गाडी चलाउँदा फुटपातमा सुतेकाहरु घाईते भए भने एक जनाको ज्यान नै गयो । जसमा उनलाई ५ बर्ष र कालो हरिण मारेको मुद्धामा ५ बर्षको जेल सजायसमेत सुनाईसकेको थियो । उनी दुबै मुद्धामा हाल जमानतमा रहेका छन् ।
उनले अहिले पनि यी मुद्धा अदालतमा लडिरहेका छन् । यसैबीच आज कालो हरिण मारेको मुद्धाको सुनुवाई भएको छ । करिब २० बर्ष अगाडी कालो हरिण मारेको आरोप लागेपछि उनले यो मुद्धा खेपिरहेका छन् । आजको सुनुवाईमा सलमान अदालतमा उपस्थित भएनन् । सलमानको तर्फबाट वकिल अदालतमा उपस्थित थिए । सलमानको यस मुद्धाको सुनुवाई जुलाई ४ मा हुने तोकिएको छ । जुन सुनुवाईमा सलमान अदालत उपस्थित हुनु पर्नेछ ।
यस मुद्धामा सलमानलाई दोषी ठहर गर्दे एक बर्ष अगाडी ५ बर्षको जेल सजाय सुनाईएको थियो । उनलाई सेन्ट्रल जेल लगिएको थियो । उनी २ दिनसम्म जेलमा बसेका थिए । जहाँ उनले कैदी नम्बर १०६ बनेर सजाँय भोगेका थिए । करिब २० बर्ष अगाडी हम साथ साथ है फिल्मको सुटिङको क्रममा उनलाई कालो हरिण मारेको आरोप लागेको थियो । उनीसंगै उक्त फिल्ममा काम गरेका तब्बु , करिश्मा , सैफअलि खान लगायत पनि मुछिएका थिए तर अदालतले यी सबैलाई मुद्धाबाट सफाई दिएको थियो ।