निरज सिलवालले आफ्नो स्वर र संगीतमा नयाँ गीत बजारमा ल्याएका छन् । दशरथ थापाको शब्द रहेको सो गीतको म्युजिक भिडियोसहित गायक सिलवालले आफ्नो सांगीतिक कोशेली आफ्ना दर्शक र स्रोतामाझ ल्याएका हुन् । ‘सानु माया’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका रन्जीत पौडेलले अभिनय गरेका छन् ।
उनीसँगै म्यूजिक भिडियोमा ‘बुगिवुगी’ पहिलो सिजनकी विजेता कविता नेपालीलाई पनि देख्न सकिन्छ ।रोमान्टिक रुपमा प्रस्तुत गरिएको गीतको म्यूजिक भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् ।
रन्जीत पौडेल र कविता नेपाली अभिनित ‘सानु माया’ रिलिज [भिडियो ]
