बविना बस्नेत, काठमान्डौ , फागुन १७
गायक प्रताप दास र गायिका प्रविसा अधिकारीको आवाजमा रहेको “गाजलु“ गीतको भिडियो बजारमा आउने भएको छ । प्रेम र रोमान्सलाई समावेश गरिएको गीतमा मायाका तरङहरुलाई समावेश गरिएको छ । राजेन्द्र पुरीको शब्द तथा नविन श्रेष्ठको संगीत सो गीतमा रहेको छ ।मुकेश हुमागाईँको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता पुरीको निर्देशनमा भिडियो तयार पारिएको हो । गाजलमा अमन श्रेष्ठ र सवज्ञा गिरीको अभिनय रहेको छ ।
प्रताप र प्रविसाको “गाजल“ बजारमा आउदैँ
