महाशिवरात्री पर्व नजिकिदै गर्दा “सत्याकृत फाउण्डेशन” अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ”सत्याकृत”ले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।
यसै सन्दर्भमा यहि फाल्गुन २० गते महाशिवरात्री दिन पोखरास्थित लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री सांङ्गीतिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन गराउने छ। महाशिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको सांङ्गीतिक उत्सवमा नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकारहरुको प्रस्तुति र उपस्थिति समेत रहने जनाइएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवान एच डी टेलिभिजनले गर्ने भएको छ । गत साल पनि महाशिवरात्रीको दिन ”सत्याकृत”ले पोखरामा भब्य सांगीतिक कार्यक्रम गरेको थियो ।
अलग्गै पहिचान बनाउन सफल सत्याकृतको आयो “आउ फर्केर’ ‘[भिडियो ]
