सविना पोखरेल , काठमान्डाँै
नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा रहेको विभिन्न किसिमको अवरोधका कारण सागीतिक क्षेत्रमा गतिरोध उत्पन्न भएको चिनारी टाइम्सद्धारा लिइएको अन्तवार्तामा चर्चित भिडियो निर्देशक बविता पुरी ले आरोप लगाएकी छन । सिमित ब्यक्तिको मनोमानी तवर बाट गीत संगीतमा विकृती पुयाएको आरोप लागेको छ । निकै गहन तरिकाबाट लिइएको अन्तवार्तामा विदेशमा भएका नेपाली दाजु भाईको साथ र सहयोगबाट नेपाली संगीतको आकार निकै फराकिलो बन्दै गएको सो अन्तवार्तामा गीतकार तथा सर्जक राजेन्द्र पुरीले बताए । गीत संगीतको कारणबाट नै समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले बताए । नेपाली लोकदोहोरी क्षेत्रमा लागेका कलाकारहरुलाई समाजका अन्य मानिसहरुले हेर्ने दृष्टिकोण फरक भएको उहाँले बताउनु भयो । नेपाली गीतमा जिवनका बास्तविक भावनाहरु समेटिने भएका कारणले पनि निकै आफुलाई मन पर्ने उनले बताए ।
हेर्नुहोस भिडियो ।
गीत संगीतमा निकै विकृती भएको छ जसलाई नियन्त्रण गर्नु जरुरी छ गीतकार राजेन्द्र पुरी ,भिडियो निर्देशक बविता श्रेष्ठ हेर्नुहोस भिडियो सहित
