पछिल्लो समयका चर्चित गायक राजेन्द्र बजगाँई र गायिका विद्या तिवारी स्वरमा रहेको र्याप शैलीको गीत ‘मस्त जवानी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुनिल क्षेत्री, आँचल शर्मा, पल्पसा पोखरेल,सुरज श्रेष्ठ अभिनित ‘मस्त जवानी’ बोलको म्युजिक भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । अराज केशवको र्याप, राजेन्द्र बजगाँईको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । गीतमा शब्द शंकर अधिकारी र जीवन लुइँटेलको रहेको छ । सार्वजनिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँईको डीओपी र टंक केसीको छायांकन रहेको छ भिडियोलाई बिकास ज्ञवाली क्षेत्रीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री आफैले भिडियोलाई निर्देशन गरेका हुन् ।
आँचल शर्मा र सुनिल क्षेत्री फिचर्ड राजेन्द्रको ”मस्त जवानी”रिलिज [भिडियो]
