काठमाडौं १३ । विशेषगरी आफुलाई संगीतकारको रुपमा चिनाउँदै आएका नीम संगीतले यतिबेला ‘प्रेमको हत्यारा’ आधुनिक गीतिसंग्रह बजारमा लिएर आएका छन् । २०६० सालमा अमर प्रेम एल्बम लिएर आएका नीम संगीतले १५ वर्षपछि सिक्वेलमा ‘प्रेमको हत्यारा’ (अमर प्रेम–२) बजारमा ल्याएका हुन् ।  हुन त योभन्दा बीचमा पनि विभिन्न सर्जकहरुको एल्बममा एकल संगीत दिएर क्रियाशील रहँदै आएका नीम संगीतको आफ्नै लगानीको एल्बम भने यो दोस्रो भए पनि पछिल्लो पटक बजारमा आएको एल्बम “प्रेमको हत्यारा” उनको एकल संगीत रहेको पाँचौं एल्बम हो । म त मर्छु क्यारे तिमी धेरै वर्ष बाँच बोलको गीतबाट चर्चा बटुलेका नीम संगीतको यतिखेर बजारमा आएको गीतिएल्बम प्रेमको हत्याराबाट निकै आशावादी रहेका छन् ।

एल्बममा नीम संगीतको एकल संगीत रहेको छ । प्रेमको हत्यारा, मेरो मृत्युको खबर, तारिफ गरूँ कसरी, हर रातको सपनीमा, भुल गरें, म त मर्छु क्यारे, तिम्रो घरमा, हाम्रो माया जस्ता ८ वटा गीतहरु समावेश गरिएका छन् । उक्त गीतहरुमा सेन्चुरी सुरेश घमाल, घनश्याम गौतम, लक्ष्मण पाण्डे, युगज्योति क्रियाशील, भास्कर काजी, नीम संगीत, सनत अन्जान, शरण सेन्चुरीको शब्दरचना रहेको छ । जसमा प्रमोद खरेल, स्वरूपराज आचार्य, गगन सरगम, अन्जु पन्त, शिव परियार,सुधारत्न, सुजन सरगम, रजिना रिमालको स्वर रहेको छ । एल्बमलाई अमरप्रेम म्युजिक बजार प्रबद्र्धन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया