नेपाली सुमग संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका सारा पौडेल र सुमन राईको स्वरमा रहेको निकै भावनात्मक रमाइलो गीत “ सोल्टी आले ” गीतको भिडियो बजारमा आएको छ । युवा युवती विचको प्रेमको भाषालाई गीतमा समेटिएको छ । आफनी मायालुलाई जिवन साथी बनाउनको लागी गायक निकै अगाडि रहेका छन । सुनिल डिप्टा राईको शब्द तथा सुमन राईको संगीत गीतमा रहेको छ । गीतको एरेन्ज सुमन राईले गरेका छन । महेश महराको छायाँकन , लक्षु गौत्तमको निर्देशन भिडियोमा रहेको छ । गीतमा विवेक र काशिश दाहालको अभिनय र सलिना , रिया , अजय र किसनको नृत्य रहेको छ ।
“ सोल्टी आले ” गीतको भिडियो हेर्नुहोस
सारा पौडेलले सार्वजनिक गरिन आफ्नो ‘सोल्टी आले’ (भिडियो सहित)
