रोशन पोखरेल , काठमान्डाँै , माघ १
बिजि बर्मा फिल्मसको प्रस्तुतीमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा शुरु भएको छ । सो चलचित्रको रामेछाप सोलु र जिरी आसपासका क्षेत्रमा छायाांङकन गरिने निमार्ण पक्षले बताएको छ । नव नायिका प्रेरणा बोहराको साथमा राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ लगायत का कलाकारले अभिनय गर्ने भएका छन । ओम बहादुर कार्की को निर्माण मा बिक्रम कार्की को छायाँकन राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ ।चलचित्रमा युवा युवति विचको भावनात्मक प्रेमलाई कथाको रुपमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र “लभजोन”को छायांकन शुरु
