समाजीक कथा बस्तु बोकेको चलचित्र कोपिलाको शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष सहोनलाल प्रदान प्रमुख अतिथी रहनुभएको थियो । शुभ मुहुर्त सर्टको वरिष्ठ चलचित्र कर्मी ऋद्दीचरण श्रेष्ठले निर्देशन गर्नु भएको थियो भने उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले क्ल्याप दिनु भएको थियो भने समाजसेवी गेरेन्द्र मानन्धरले नरिवल फुटाई मुहुर्त गरिएको थियो । कार्यक्रममा चलचित्रका कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए । मुहुर्त कार्यक्रममा बोल्दै उद्धयोग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले कोपिलालाई सफलताको शुभकामना दिनु भएको थियो । यस्तै निर्देशक तथा लेखक शिवम अधिकारीले कोपिला हाम्रै गाउ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताउनु भयो । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको बताउनु भयो । गणेश गिरिको प्रस्तुती रहेको कोपीलामा चलचित्र पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरेको लगानी रहेको छ भने सुबास काफ्ले कार्यकारी निर्माता रहेकाछन् । चलचित्रमा समिर मिया,रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन ।
चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने बताईएको छ । चलचित्रमा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । चितवन आसपासमा छाँयाकन गरिने चलचित्रलाई करिब ८० लाख लगानीमा निर्माण हुने बताईएको छ ।
समाजीक कथा बस्तु बोकेको चलचित्र कोपिलाको शुभ मुहुर्त
