बलिउडकी चर्चित नायिका ऐश्वर्या राय सुन्दरताको खानी नै हुन् ।उनी सुन्दरतामा मात्र होइन सबैभन्दा धनी हिरोइन पनि हुन् ।उनको काम र सुन्दरताको कारणले बलिउडका ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न मन गरेको बताइएको छ । भारतिय मिडियाका अनुसार चर्चित नायिका ऐश्वर्या रायको ३५ मिलियन डलर सम्पत्ती छ । उनी सबैभन्दा धनी हिरोइनमा पर्छिन् ।
एक छोरीकी आमा बनी सक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् ।अभिषेकसँग २२२ करोड रुपैयाँ बराबरको मात्र सम्पत्ति छ।अभिषेकसँग फिल्म कम भएपनि कबड्डी टीम र फुटबल टीमका मलिक हुन्।ऐश्वर्या र अभिषेकले धेरै फिल्ममा सँगै काम गरेका छन्। यी दुवै जनाले सँगै अभियन गरेको फिल्म ‘ गुलाब जामुन’ चाँडै रिलीज हुँदैछ।
ऐश्वर्या राय हुन् बलीउडकै सबैभन्दा धनी नायिका , उनको सम्पत्ती सुन्दा पर्नुहुनेछ चकित
