अष्ट्रेलिया – फूलपातीको दिनदेखि असोज २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’अहिले विदेशमा प्रदर्शनरत छ । चर्चित हास्यकलाकार दीपकराज गिरी उनका कान्छा छोरा प्रसिद्ध गिरी र निर्देशक दीपाश्री निरौलाका साथमा अहिले अष्ट्रेलियामा छन् ।

अष्ट्रेलियामा चलचित्र ‘छक्का पञ्जा ३’लाई साथ दिएका दर्शकलाई धन्यवाद दिन र माया बाँड्नका लागि दीपक र दीपासँगै ‘छक्का पञ्जा ३’का कलाकार बुद्धि तामाङ, अनुराग कुवँर पनि अष्ट्रेलिया आएका हुन् ।अहिले चलचित्र ‘छक्का पञ्जा ३’ले सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको छ । अमेरिकामा पनि सर्वाधिक प्रदर्शन हुने नेपाली फिल्म बनेको छ ।

तपाईको प्रतिक्रिया