काठमाडौं । शुक्रवारबाट रिलिजमा आएको फिल्म जय शम्भुले शुरुवाटी शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको फिल्मले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको मात्र अकुपेन्सि कायम गरेको थियो । हिनदी फिल्मले पनि साचे अनुसारको व्यापार नगरेपछि राजधानीका सबै हलले फिल्म जय शमभुलाई ठूलो पर्दा दिईएको छ । काठमाडौंको गोपि, गुण, अष्ट, गंगा, कलंकी, बाराही लगायतका धेरै स्क्रिन भएको हलहरुले जय शमभुलाई शनिवार विहान देखी ठूलो पर्दा दिईएको छ । यस्तै काठमाडौं बाहिर पूर्व र तराई क्षेत्रमा गरेर २३ वटा हल थपिएको निर्माता दिनेश शाही तथा वितरक गोपाल काजी कायस्थले दावी गरेका छन् । मोफसलका वितरक एफडि कमपनिले अझै हलहरु थपिरहेको बताएका छन् । फिल्मलाई सिंगल थिएटरमा शतप्रतिशत राम्रो प्रतिक्रिया मिलेको छ भने मल्टिप्लेक्समा मिश्रित प्रतिक्रिया मिलेको छ । काठमाडौंमा २१ वटा हलमा लागेको जय शम्भुले शनिावार बाट काठमाडौं बाहिर ६ दर्जन हल पाएको छ । फिल्ममा पछिल्लो समयका दुई एक्शन स्टार प्रशान्त ताम्राकार र अनुप विक्रम शाही भएका कारण पनि फिल्म नेपाली दर्शकहरुका आशावादी रहेको छ । यस्तै फिल्ममा बर्षा शिवाकोटीको पनि अभिनय रहेको छ । जसले एक्शनसँगै रोमान्टिक लभस्टोरी पनि समावेश गरेको छ । फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । दिनेश शाही प्रस्तुतकर्ता रहेको फिल्ममा अरविन्द्र शाक्य निर्माता रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माता रहेका छन् ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौँ। नेपाली फिचर फिल्म ‘एक्लो’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेक...
इटहरीमा सौगातसहित ‘बम बहादुर’को नेपालमा पहिलो पटक प्रेस भेटघाट, फिल्मको यहाँ प्रिमियर गरिने
प्रदर्शनको संघारमा आइपुगेको सौगात मल्ल अभिनित चलचित्र ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । यो फि...
इटहरीमा सौगातसहित ‘बम बहादुर’को नेपालमा पहिलो पटक प्रेस भेटघाट, फिल्मको यहाँ प्रिमियर गरिने
प्रदर्शनको संघारमा आइपुगेको सौगात मल्ल अभिनित चलचित्र ‘बम बहादुर’को इटहरीमा पत्रकार सम्मेलन गरिएको छ । यो फि...
क्युएफएक्स सिनेमाज विराटनगरले मनायो आफ्नो पाचौ वार्षिकोत्सव
विराटनगरको भाटभटेनिमा सञ्चालित क्युएफएक्स सिनेमाजले सनिबार (आज) आफ्नो पाचौ वार्षिकोत्सव मनाएको छ । सन् २००२ बाट सुरु भए...
सकियो विर्तामोडको चलचित्र महोत्सव, ५ वरिष्ठ कलाकार सम्मानित
झापाको बिर्तामोड नगरपालिका-५, धर्मकाँटा रोडमा नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशद्वारा आयोजित ‘बिर्तामोड पर्यटन तथा चलचि...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित ...