काठमाडौं । दर्शक श्रोता नेपाल सामाजिक संस्थाले राजधानीमा दर्जन वढिलाई सम्मान गरेको छ । संस्थाले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा सो सम्मान गरेको हो । सो साधारण सभाले संस्थाका उपाध्यक्ष सन्तोष बजगाइको कार्यप्रगति विवरण र भावि कार्ययोजना प्रतिवेदन र कोषध्यक्ष विनोद नेपालिले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सभाले संस्थाको कार्यसमितिमा सामान्य हेरफेर गरेको र रिक्त भएको कार्यसमितिको एक सदशय पदमा सन्तोष दाहाललाई चयन गरेको महासचिव केशरलाल विश्वकर्माले जानकारि दिए ।
कार्यक्रममा समाजसेवी नृपवहादुर शाहले नेपाली गीत संगीतमा सेन्सर वोर्डको माग गर्ने पहिलो आधिकारि संस्था भएकोले यो अभियानले पूर्ण रुप लिनु पर्ने बताए । साँथै उनले अवको सम्भावना भनेकै सांस्कृतिक पर्यटनको भएकोले संस्ुथाले लिएको उद्देश्य निकै राम्रो भएको उल्लेख गरे । त्यढस्तै, संस्थाका सल्लाहकार सदस्य ओम भण्डारी तथा अजय अलङ्कार कुलुङले संस्थाले गरेको कार्यप्रति प्रसंसा गर्दै आगामी दिनमा पनि संस्था निरन्तर अघि बढ्नेमा आशा व्यक्त गरे ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरुलाई सम्मान–पत्र वितरण गरिनुका साथै आजिवन सदस्यलाईपनि प्रमाणपत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष केशव भट्ट, उपाध्यक्ष सन्तोष बजगाई, महासचिव केशरलाल विश्वकर्मा, सचिव पार्व्ति तिवारी, कोषाध्यक्ष भवानी राउत, सह–कोषाध्यक्ष रञ्जना अधिकारी, सदश्यहरु सविना सिवाकोटि, भरत विश्वकर्मा, पृथ्वीकुमारि पुलामि, जीवन थापा रहेका छन । त्यस्तै संस्थाका आजिवन सदस्य श्याम प्रसाद घिमिरेलाई समेत सम्मन गरेको छ । साँथै, संस्थाको वेवसाईट निर्माण गरिदिने संस्था क्यानोपस टेक्नोलोजी प्रालिका प्रवन्ध निर्देशक तथा सह प्रवन्धक विकास श्रेष्ठलाई समेत सम्मान गरेको छ ।
दर्शक श्रोता नेपालद्धारा दर्जन वढिलाई सम्मान
